+
+

मीन विश्वकर्मा भन्छन् : परिवारको सदस्य पक्राउ पर्दा गृहमन्त्रीकहाँ डेलिगेशन जाने ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १५:४७

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउमा केन्द्रीय समितिमा धारणा राखेका छन् ।

केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने क्रममा विश्वकर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ पार्टीका नेताहरु धन्यवाद दिन दिएको प्रति आपत्ति जनाए ।

‘कांग्रेस  एउटा घर हो । यो परिवारको सदस्यलाई लान्छना लाग्यो । अनि छिटो पक्र भनेर डेलिगेशन जाने ? त्यति आदर्शवादी भयौं हामी ? त्यसो भए त हाम्रो पक्षबाट वकिल पनि राख्न भएन,’ विश्वकर्माले भने ।

पार्टीले नै दोषी र निर्दोष करार गर्ने भए अदालत किन चाहियो भनि उनले प्रश्न उठाए । पार्टी बैठकले फैसला गर्ने हो भने वकिल किन राख्नुपर्‍यो नि उनले जिज्ञासा पार्टीमा राखे । ‘पक्ष विपक्षमा छलफल कांग्रेसले गर्ने हो भने अदालत किन चाहियो ? यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्न भएन नि,’ विश्वकर्माले भने,‘वकिलले वकालत गर्न नि भएन । अदालतले दोषी हो होइन भनी प्रमाणित नगर्दासम्म सर्वोच्च अदालत हो, दोषी अहिले नै ठहर गर्ने ? ’

अरु पार्टीले आफ्ना सदस्य जोगाउन बचाउन लागिरहँदा आफ्ना नेताहरु गृहमन्त्रीकहाँ डेलिगेशनमा गएको विश्वकर्माले बताए ।

कांग्रेस अप्ठ्यारोमा भन्दा पनि कांग्रेस अलमलमा रहेको उनले बुझाइ थियो । ‘२०७४ मा गठबन्धन गर्न हुन्न भन्यौं । २०७९ मा गर्‍यौं । हामी यहाँ नेर अलमलमा छौं कि,’ विश्वकर्माले भने,‘प्रचण्डलाई प्रधानमन्त्री ३२ लाई किन दिने भन्यौं । अहिले फर्काएर सरकार ल्यायौं । अहिले पनि ठीक छैन भन्छौं ।’

२००६ साल देखिका प्रतिस्पर्धीसँग पनि कांग्रेसलाई खतरा नभएको र उनीहरुलाई पटक पटक जित्दै आएको विश्वकर्माले बैठकमा सुनाए । अहिले उम्रेका पार्टीबाट कांग्रेसलाई खतरा नभएको विश्वकर्माको तर्क छ । खतरा पार्टी भित्रकै अन्तर कलह कारण रहेको उनले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?