+
+

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १६:०३

५ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, एनएमबी सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडले लाइसेन्स पाएका छन् ।

यस्तै स्टक्स कार्टस् सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज प्रालि, ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटिज नयाँ लाइसेन्स पाउने कम्पनी हुन् ।

हेर्नुहोस् सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?