+
+

कांग्रेस बैठकमा शंकर भण्डारी : संघीयताको विकल्प खोज्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १६:१७

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताएका छन् ।

धर्मनिरपेक्षताको विरुद्धमा आफ्नो धारणा यसअघि पनि राख्दै आएका भण्डारीले योजनावद्ध किसिमले धर्मनिरपेक्षतालाई संविधानमा घुसाइएको बताए ।

‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो । संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ । निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्दछ,’ भण्डारीले भने ।

पार्टीभित्र समस्या रहेको बताउँदै उनले एउटा साथीले अर्को साथीलाई देख्नै नपरे हुन्थ्यो जस्तो अवस्था आएको बताए । ‘यसलाई पदाधिकारीहरुले कसरी विश्लेषण गर्नुभएको छ ? पार्टी निर्माणको यो समस्या हो कि होइन?’ भण्डारीले भने, ‘९०० क्रियाशील सदस्य भएको ठाउँमा सय भोट आउँदैन । यो समीक्षा किन गरिरहेका छैनौं? यो राम्रो हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?