+
+

वनफूलले ढकमक्क कालिञ्चोक (तस्वीर कथा)

जीवन लामा जीवन लामा
२०८० साउन ६ गते ९:१८

६ साउन, काठमाडौं । कालिञ्चोक काठमाडौं आसपासबाट पुग्न सकिने नजिकको गन्तव्य । जब-जब यहाँ हिउँ फुसफुसाउन थाल्छ, रौसे तन्नेरीहरुको ओइरो लाग्छ । त्यसो त गर्मी छल्नका लागि पनि यो काइदाको ठाउँ हो । कालिन्चोक प्रवेश गरिरहँदा कुनै वाताअनुकुलित कोठामा पुगे झै लाग्छ ।

मलाई लाग्थ्यो, हिमपात हुँदा मात्र कालिञ्चोकको सौन्दर्य खुल्छ । तर, वर्षायाममा पनि यो भूगोल लोभलाग्दो देखिंदो रहेछ । आकाश खुलेको होस् वा कुहिरोले ढम्म ढाकेको नै, कालिन्चोकको धरातलले मन प्रफुल्ल बनाउने रहेछ । अनन्तसम्म हरियो कार्पेट बिच्छ्याए झै यो धरातलमा रंगबिरंगी वनफूलले थप आकर्षक बनाएको छ । जति हेरे पनि हेरिरहुँ लाग्ने ।

वर्षायाममा यहाँका खर्कहरुमा चौरी, याकको लस्करले पनि शोभा बढाउँछ । यतिबेला चौरी र याकको चरण क्षेत्र अनि गोठ राख्ने समय पनि हो ।

चौरीको ताजा दूध, घिउ, सरगेमले लेकको स्वाद फेर्न सकिन्छ । औषधि र अचारको रुपमा प्रयोग गर्न सकिने पदमचाल पनि यही समयमा पाइन्छ । वनस्पतिमा रुचि राख्नेहरुका लागि यो एउटा खुला विद्यालय नै हो ।

धार्मिक आस्था राख्नेहरु हुन् वा प्राकृतिक सौन्दर्यमा रमाउनेहरु, कालिन्चोकले ती सबैलाई हार्दिक आमन्त्रण गरिरहेका छन् । यसरी आउने आगन्तुकलाई कालिञ्चोकको भगवती मन्दिर र कुरी बजारले मिलीजुली भरथेग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?