+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माओवादीलाई एमाले महासचिवको प्रश्न : एउटा राम्रो कामका आधारमा सबै कमजोरीबाट उन्मुक्ति पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते ११:५५

६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एक सय किलो अवैध सुन बरामद भएको प्रकरणमा सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन् ।

‘सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी छ,’ उनले फेसबुकमा लेखेका छन् ।

महासचिव पोखरेलको प्रश्न छ, ‘के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरुले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो ?’ उनी अगाडि लेख्छन्, ‘१०० किलो सुन प्रकरणमा पनि राजश्व अनुसन्धान विभागको नेतृत्व (नवराज ढुंगाना)ले जस पाएकै छ ।’

शासकीय जिम्मेवारी र दायित्व अरुले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा टकटकिने नभएको उनको भनाइ छ ।

उनी थप प्रश्न गर्छन, ‘…एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ?’ यो प्रश्न पनि नागरिक चासोको विषय बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौं । आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्व नगरौ,’ महासचिव पोखरेलको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?