+
+

अमेरिका र जापानको शानदार सुरुवात, इंगल्याण्डको कमजोर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते २०:२४
भियतनामविरुद्ध २ गोल गर्ने अमेरिकी खेलाडी सोफिया स्मिथ (दाँया)

६ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छन् ।

लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको भियतनाम प्रतिद्वन्द्वी पाएको थियो । शनिबार भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले हरायो ।

चार पटकको विश्व विजेतासमेत रहेको अमेरिकाका लागि साफिया स्मिथले पहिलो हाफमा दुई गोल गरिन् । स्मिथ पहिलो पटक विश्वकप खेलिरहेका अमेरिकी टोलीका १४ सदस्यमध्ये एक हुन् । १४औं मिनेटमा अमेरिकाका लागि खाता खोलेकी उनले पहिलो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरेकी थिइन् ।

खेलको ७७औं मिनेटमा कप्तान लिड्से होरानले गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरिन् । जितसँगै समूह ईमा रहेको अमेरिका ३ अंकसहित शीर्ष स्थानमा छ ।

अर्को खेलमा इंग्ल्याण्डले हइटीलाई १–० ले हराएको छ । पहिलो पटक विश्वकप खेलिरहेको हइटीविरुद्ध इंग्ल्याण्डको प्रदर्शन सन्तोषजनक थिएन । २९औं मिनेटमा जर्जिया स्टेनवेले गरेको पेनाल्टी गोल नै उसको जितमा निर्णायक बन्यो ।

जापानले भने शानदार जित निकालेको छ । उसले पहिलो पटक विश्वकप खेलिरहेको जम्बियामाथि ५–० को जित निकालेको छ । उसका लागि हिनाटा मियाजावाले दुई गोल गर्दा मिना टनाका, जान इन्डो र रिको युएकीले एकएक गोल गरिन् ।

अर्को खेलमा १६ वर्षपछि महिला विश्वकपमा फर्किएको डेनमार्कले चीनमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । उसका लागि निर्धारित ९० मिनेट सकिन एक मिनेट बाँकी छँदा अनालिया भान्सगार्डले गोल गरेकी थिइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?