+
+

‘डान्सिङ स्टार’ विजेता छिरिङले ‘कार्साङ’मा दयाहाङसँग अनस्क्रिन रोमान्स गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १३:३९

काठमाडौं । हिमालय टिभीबाट प्रसारण भएको रियालिटी शो ‘डान्सिङ स्टार नेपाल’ सिजन-२ की विजेता छिरिङ शेर्पाले रजतपटमा डेब्यु गर्ने भएकी छन् । फिल्म ‘कार्साङ’मा उनले दयाहाङ राईसँग अनस्क्रिन रोमान्स गर्ने पक्का भएको हो ।

शेर्पा समुदायका फिल्म र म्युजिक भिडियोमा समेत काम गरेकी छिरिङलाई डान्सिङ स्टारले चर्चामा ल्याएको थियो । उक्त रियालिटी शो जितेसँगै उनले फिल्ममा काम गर्ने आफ्नो लक्ष्य रहेको बताएकी थिइन् ।

उनले विश्वकै सर्वाधिक उचाइमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम समेत राखेकी छन् । ५६ सय मिटरको उचाइमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेर रेकर्ड रचेकी थिइन् ।

यो फिल्म यार्सा फिल्म्सको व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ र बुद्धि तामाङ फाइनल भइसकेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

निर्देशक शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । यो फिल्ममा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायाकंन तिहारलगत्तै गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?