+
+

महामन्त्री थापाप्रति मोहन बस्नेतको कटाक्ष : कुनै गुटले नपत्याएपछि गुट चाहिन्न भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १३:४८

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापालाई लक्षित गर्दै कुनै गुटले नपत्याएपछि गुट चाहिन्न भन्ने गरेको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा बस्नेतले भने, ‘अब सबै गुटले नपत्याउने भएपछि गुट चाहिन्न भनिएको छ । फाइदा लिने । सबै गुटले नपत्याएपछि गुट चाहिँदैन भन्ने ।’

पार्टीभित्रका केही व्यक्तिले कांग्रेस कमजोर बनाउने कार्य गरेको उनले आरोप लगाए । विधि र पद्धतिबाट चल्नुपर्छ पनि भन्ने आफ्नो महत्वकांक्षा सडकमा लगेर छ्यालव्याल बनाउने कार्य भएको उनले सुनाए ।

‘कांग्रेस कमजोर बनाउने काम निश्चित व्यक्तिहरुबाट भएको छ’ बस्नेतले भने,‘युवाको कुरा उठेको छ । युवा मै हुनुपर्ने, अरु नभए नहुने यस्ता कुराहरु बाहिर आइरहेका छन् ।’

आफूलाई हराउन सिन्धुपाल्चोकमा एक समूह लागेपनि फराकिलो अन्तरले जितेको बस्नेतले बताए । जसले गुटको अन्त्य गर्ने भनिरहेका छन् उनीहरुले नै गुटबाट सबैभन्दा फाइदा लिएको बस्नेतले बताए ।

अल्पमतले बहुमतलाई शासन गर्ने खालको कुरा पार्टीभित्र भएकाले लाइभ गरेर ठीक भएको उनको बुझाइ छ । गठबन्धनको विरोध गरेर भत्काउने खेल नगर्न नेताहरुलाई उनले चेतावनी दिए । ‘गठबन्धन भत्किएर भोलि केपी ओलीको सरकार बने भोली के हुन्छ?’ बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?