+
+

विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘तेल भिसा’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १६:०५

काठमाडौं । अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘तेल भिसा’ निर्माण हुने भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा विपिन अनुबन्धित भएका छन् ।

तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने जनाइएको फिल्ममा उनको दोहोरो भूमिका हुनेछ । सोसल-कमेडी ड्रामा जनरामा बन्न लागेको फिल्मले सुत्केरी स्याहार्न अभिभावकलाई अमेरिकामा बोलाइने प्रवृत्तिलाई कटाक्ष गर्नेछ ।

सोही प्रवृत्तिलाई व्यंग्य गर्दै ‘तेल भिसा’ नामाकरण गरिएको स्रोतले जनाएको छ । यो फिल्मका लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएको चर्चा पनि छ । लिड एक्ट्रेस र अन्य कलाकार चाँडै सार्वजनिक हुने जनाइएको छ ।

घिमिरेले निर्देशन गरेको पछिल्लो फिल्म ‘तुलसी’ २०७६ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ब्रेकफेल, वीरताको चिनो र विष निर्देशन गरेका थिए । घिमिरे अभिनेत्री ऋचा घिमिरेका श्रीमानसमेत हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?