+
+

श्रीलंकामा नेपाली टिमको विशेष प्रशिक्षणमा ज्ञानेन्द्र मल्लसहित ३ खेलाडी पनि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १६:२२

८ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको नेपाली टिमले श्रीलंकामा थप १५ दिनको विशेष प्रशिक्षण लिने भएको छ ।

त्यसका लागि नेपालमा रहेका तीन खेलाडी ज्ञानेन्द्र मल्ल, करण केसी र आरिफ सेख पनि त्यसतर्फ जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

खेलाडीहरुको भिसाको प्रक्रिया पूर भइसकेको र एक–दुई दिनभित्रै श्रीलंका पठाउने क्यानका कार्यबाहक सचिव दर्गाराज पाठकले जानकारी दिए ।

इमर्जिङ कपमा नेपालले युएई ए टिमलाई पराजित गरेको थियो भने भारत र पाकिस्तानका टिमसँग पराजित भएको थियो ।

त्यस्तै, नेपालले टी–२० एसिया क्वालिफर्यसका लागि अन्य ६ खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने तयारी पनि गरेको छ ।

‘नाम हाल टुंगो लागि सकेको छैन । सेलेक्सन कमिटीले नाम छनोट गर्ने बित्तिकै हामी खेलाडीलाई भारत अथवा अन्य कुनै देश प्रशिक्षणमा पठाउने तयारीमा छौं ।’ पाठकले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?