+
+

एम्बाप्पेलाई साउदी क्लबको ३३ करोड २० लाख डलरको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते २०:०६

८ असार, काठमाडौं । साउदी अरेबियाको फुटबल क्लब अल हिलालले फ्रान्सेली स्टार स्ट्राइकर केलियन एम्बाप्पेका लागि कीर्तिमानी ३३ करोड २० लाख डलरको प्रस्ताव गरेको छ ।

फ्रेञ्च क्लब पेरिस सेन्ट-जर्मेन पीएसजीले अल हिलालबाट आएको प्रस्तावको पुष्टि गरेको र एम्बाप्पेसँगै कुरा गर्न अल हिलाललाई अनुमति दिएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पीएसजीसँग १२ महिनाका लागि सम्झौता नवीकरण नगर्ने निर्णय गरेका एम्बाप्पे पीएसजीको प्रिसिजन भ्रमणका क्रममा टोलीसँगै जापान गएका थिएनन् ।

पीएसजीले उनलाई एक वर्षका लागि २ करोड ७० लाख डलर मात्र दिने बताएको छ । त्यसैले उनी कतैबाट कुनै प्रस्ताव नआएमा पनि आगामी सिजनको अन्त्यमा फ्री एजेन्टको रूपमा बाहिरिने योजनामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यकको दाबी छ ।

उनलाई पोहोर नै स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गर्ने तयारी गरेको थियो । तर अन्तिममा उनी पीएसजीमै बसे । यसपालि पनि रियल मड्रिडले उनलाई क्लबमा आवद्ध गर्न चाहेको छ । तर साउदी क्लबले प्रस्ताव गरेको रकम तिर्न मड्रिड तयार छैन ।

अल हिलालले यसअघि अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई आवद्ध गर्ने प्रयास गरेको थियो । तर मेस्सी अमेरिकी क्लब इन्टर मियामी पुगेपछि उ अर्को स्टार खेलाडीको खोजीमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?