+
+
Shares

अब टिकटकमा फोटो र भिडियोको साटो अक्षर मात्र लेखेर पनि पोष्ट गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १६:१३

पछिल्लो समयमा अत्यन्तै लोकप्रिय तथा भाइरल भिडियो स्ट्रिमिङ एपको रुपमा रहेको टिकटकमा अब टेक्स्ट अर्थात् अक्षरहरु मात्रैपनि पोस्ट गर्न सकिने भएको छ ।

सोसल मिडिया प्लाटफर्महरुबीच चर्किरहेको प्रतिस्पर्धाका बीच टिकटकले अब भिडियो वा फोटो विना अक्षरमात्रैका पोस्ट पनि गर्न सकिने सुविधा ल्याएको हो ।

स्मरण रहोस् टिकटकले स्पटीफाई तथा एप्पल म्युजिक जस्ता प्रतिस्पर्धी संगीत प्लाटफर्महरुसँग प्रतिस्पर्धामा उत्रिनका लागि जुलाई महिनाको सुरुवातमा नयाँ म्युजिक स्ट्रिमिंग सर्भिस सुरु गरेको थियो।

अब टिकटक प्रयोगकर्ताले टिकटकमा कुनै सामाग्री पोस्ट गर्न चाहँदा तिनवटा विकल्प प्राप्त गर्नेछन् । जसमा फोटो, भिडियो वा टेक्स्टमध्ये एउटा विकल्प रोज्न पाइनेछ ।

साथै प्रयोगकर्ताले आफ्नो पोस्टमा आवाज, लोकेसन वा डुएट समेत थप गरी पोस्टलाई कस्टमाइज पनि गर्न सक्नेछन् ।

टिकटकका अनुसार यी फिचरले टेक्स्ट मात्रैका पोस्टलाई पनि भिडियो वा फोटोको पोस्टजस्तै अन्तरक्रियात्मक तथा डाइनामिक बनाउने ट्वीटरले दाबी गरेको छ ।

चिनिया कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले हालै ब्राजिल र इण्डोनेसियामा टिकटक म्युजिक नामक नयाँ म्युजिक स्ट्रिमिंग सर्भिस लञ्च गरेको थियो । गतहप्ता मात्रै यो सेवाको बिटा भर्सनलाई सिंगापुर, मेक्सिको र अष्ट्रेलियामा समेत लञ्च गरिएको छ ।

टिकटकका प्रवक्ताले भनेका छन् ः यो सर्भिसले प्रयोगकर्तालाई आफुले टिकटकमा फेला पारेका गीतलाई सुन्न, शेयर गर्न तथा डाउनलोड गर्ने सुविधा दिनेछ । साथै प्रयोगकर्ताले आफुलाई मनपर्ने संगीत ट्रयाक तथा कलाकारको प्रस्तुतीलाई टिकटक कम्युनिटीमा शेयर पनि गर्न सक्नेछन् ।

सन् २०२१ मा सर्वाधिक धेरै प्रयोग गरिने प्लाटफर्मको रुपमा गुगललाई पछि पार्दै टिकटक विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन गन्तव्य बन्न सफल भएको थियो । सोही वर्ष टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको थियो ।

पछिल्लो समयमा फेसबुकको मातृ कम्पनी मेटा र एक्सको रुपमा रिब्रान्डिंग गरिएको ट्वीटरबीच तिव्र प्रतिस्पर्धा चर्किएको छ ।

मेटा कम्पनीले ट्वीटरजस्तै थ्रेड्स नामक एपलाई विश्वका एक सयभन्दा धेरै देशमा सुरु गरेसँगै त्यो सर्वाधिक छिटो १० करोड पटक डाउनलोड हुने एप बनेको छ । मेटा सिइओ मार्क जुकरबर्गका अनुसार ५ दिनमै थ्रेड्सका प्रयोगकर्ताको संख्या १० करोड नाघेको थियो ।

बीबीसीबाट

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?