+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मोसो दल्नेलाई कांग्रेसले पार्टीबाट हटाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते २०:०७

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सम्बद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ ।

बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्न सक्ने निर्णय गरेको छ ।

‘कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अर्थात् शारीरिक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अविलम्ब खारेज गर्ने निर्णय गरिएको छ’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।

पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृ संस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो। यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?