+
+

सामसुङले ल्यायो नयाँ फोल्डेबल स्मार्टफोन, शक्तिशाली ट्याबलेट र स्मार्टवाच

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १४:२५

११ साउन, काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले एकसाथ नयाँ संस्करणका फोल्डेबल स्मार्टफोन तथा ट्याबलेट सार्वजनिक गरेको छ ।

बुधबार दक्षिण कोरियामा आयोजित विशेष समारोहबीच कम्पनीले सामसुङ ग्यालेक्सी जेड फोल्ड ५ तथा ग्यालेक्सी जेड फ्लिप ५ स्मार्टफोन सार्वजनिक गरेको हो । यी दुवै फोनहरु उत्कृष्ट फिचर तथा डिजाइन साथ लञ्च गरिएको कम्पनीले जनाएको छ ।

यी दुवै फोनमा Qualcomm Snapdragon 8 Gen 2 प्रोसेसर रहेको छ । ग्यालेक्सी जेड फोल्ड ५ मा ७.६ इन्चको एमोलेड स्क्रिन रहेको छ जसले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्ने कम्पनीले जनाएको छ । फोनमा कभ डिस्प्ले चाहीँ ६.२ इन्चको रहेको छ ।

यो फोनमा ट्रिपल रियर क्यामरा सेटअप छ । जसमा १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स, ५० मेगापिक्सेलको वाइड एंगल लेन्स र १० मेगापिक्सेलको टेलिफोटो लेन्स रहेका छन् । त्यस्तै कभर स्क्रिनमा सेल्फी क्यामेरा १० मेगापिक्सेलको रहेको छ भने मूख्य स्क्रिनमा ४ मेगापिक्सेलको अण्डर डिस्प्ले क्यामरा पनि रहेको छ ।

यो फोनमा १२ जिबीको र्‍याम र १ टेराबाइट सम्मको स्टोरेज अप्सन उपलब्ध रहेको छ । यसको ब्याट्री ४४०० मिलिएम्पियर आवर क्षमताको छ । फोनमा २५ वाटको तारयुक्त चार्जिंगका साथै फास्ट वायरलेस चार्जिंग र वायरलेस पावर शेयरिंग को सुविधा पनि उपलब्ध छ  ।

 

यो स्मार्टफोन एन्ड्रोइड १३ मा आधारित इलभ ग्क्ष् छ।ज्ञ।ज्ञ मा काम गर्दछ । सेक्योरिटीका लागि यसमा पनि छेउँमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । यो फोन आइसी ब्लू, फ्यान्टम ब्लाक र क्रिम गरी ३ वटा रङमा  बजारमा उपलब्ध हुने बताइएको छ । ग्यालेक्सी जेड फोल्ड ५ को सुरुवाती मूल्य १७९९.९९ डलर तोकिएको छ ।

कस्तो छ ग्यालेक्सी जेड फ्लिप ५ ?

सामसुङले यो फोनमा दुईवटा स्क्रिन दिएको छ । मूख्य डिस्प्ले ६.७ इन्चको डाइनामिक एमोलेड  प्यानल हो जले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्दछ । त्यस्तै कभर स्क्रिन ३.४ इन्चको सुपर एमोलेड डिस्प्लेको रुपमा रहेको छ जसले ६० हर्ज रिफ्रेस रेट सपोर्ट गर्दछ ।

फ्लिप फोनमा मूख्य क्यामराका रुपमा १२ मेगापिक्सेलका दुईवटा रियर क्यामरा छन् भने १० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । यसमा ८ गिगाबाइटको र्‍याम र ५१२ गिगाबाइट सम्मको स्टोरेज अप्सन उपलब्ध छ । यसको ब्याट्री क्षमता ३७०० मिलिएम्पियर आवर रहेको छ ।

Samsung Galaxy Z Flip 5

यसमा २५ वाटको तारयुक्त चार्जिंग तथा फास्ट वायरलेस चार्जिंग पनि रहेको छ । यो फोन एन्ड्रोइड १३ मा आधारित One UI 5.1.1 मा काम गर्दछ । यसमा पनि साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर रहेको छ । यो फोन मिन्ट, ग्राफाइट, क्रिम तथा ल्याभेन्डर गरी चारवटा रङमा बजारमा उपलब्ध हुने र खैरो, निलो, हरियो र पहेँलो रङका फोन चाहीँ कम्पनीको वेबसाइटबाट मात्र खरीद गर्न सकिने बताइएको छ । यो फोनको सुरुवाती मूल्य चाहीँ ९९९.९९ डलर तोकिएको छ ।

ल्यापटपजस्तै शक्तिशाली नयाँ ट्याबलेट

सामसुङले यसपटक आफ्नो ग्यालेक्सी ट्याब एस ९ सिरिजको नयाँ ट्याबलेटहरु पनि लञ्च गरेको छ । यो सिरिजमा कम्पनीले तीनवटा ट्याबलेट पेश गरेको हो । जसमा ग्यालेक्सी ट्याब एस ९, ग्यालेक्सी ट्याब एस ९ प्लस र ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा रहेका छन् । यी तीनवटै ट्याबलेटमा Qualcomm Snapdragon 8 Gen 2 प्रोसेर रहेको छ ।

बेसिक लेभलको ग्यालेक्सी ट्याब एस ९ मा दुईवटा अप्सन रहनेछन् । एउटामा ८ गिगाबाइटको र्‍याम र १२८ गिगाबाइटको स्टोरेज हुनेछ भने दोश्रोमा १२ गिगाबाइटको र्‍याम र २५६ गिगाबाइट स्टोरेज रहेको छ । त्यस्तै ग्यालेक्सी ट्याब एस ९ प्लसमा पनि १२ गिगाबाइटको र्‍याम र २५६ गिगाबाइट स्टोरेज तथा १२ गिगाबाइटको र्‍याम र ५१२ गिगाबाइट स्टोरेज अप्सन उपलब्ध छन् ।

Samsung Galaxy Tab S9 Ultra

उता ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा चाहीँ तिनवटा भेरिएन्टमा उपलब्ध छ । जसमा १२ गिगाबाइटको र्‍याम र २५६ गिगाबाइट स्टोरेज, १२ गिगाबाइटको र्‍याम र ५१२ गिगाबाइट स्टोरेज तथा १६ गिगाबाइटको र्‍याम र १ टेराबाइट स्टोरेज अप्सन रहेका छन् ।

सामसुङले नयाँ ट्याबहरुको मूल्य भने सार्वजनिक गरेको छैन । यी ट्याबलेटहरु विश्वका केही देशहरुमा प्रि बुकिङ समेत सुरु भैसकेको छ ।

ग्यालेक्सी वाच ६

सामसुङले आफ्नो स्मार्टवाचको नयाँ संस्करणको रुपमा ग्यालेक्सी वाच ६ पनि सार्वजनिक गरेको छ ।

Samsung Galaxy Watch 6 and Galaxy Watch 6 Classic

यसलाई पनि ग्यालेक्सी वाच ६ र ग्यालेक्सी वाच ६ क्लासिक गरी दुई मोडेलमा पेश गरिएको छ । ग्यालेक्सी वाच ६को मूल्य ३ सय डलर र क्लासिक मोडेलको मूल्य ४०० डलर तोकिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?