+
+

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनायो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १८:०५

११ साउन, काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ ।

यसपटक फेडले २५ आधार अंक (० दशमलव २५ प्रतिशत विन्दु)ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्‍याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर बढाएर फेडले ५ दशमलव ५ प्रतिशत पुर्‍याएको हो ।

फेडले सेप्टेम्बरमा थप ब्याजदर बढाउनक्ने संकेत गरेको बीबीसीले जनाएको छ ।
फेडले ब्याजदर बढाएसँगै यो २००१ यताकै उच्च पुगेको हो । मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्नसक्ने फेडका अध्यक्ष जेरोमी पावेलले बताए । जुन महिनामा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो । फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ । गत वर्ष अमेरिकामा मुल्य वृद्धिको दर ९ प्रतिशतभन्दा माथि पुगेको थियो ।

मुद्रास्फीति नघटेमा आगामी महिना अझै ब्याजदर बढ्नसक्ने र त्यसो गर्नुअघि अन्य तथ्यांकहरु हेर्नुपर्ने उनले बताए ।

फेडले कोभिड-१९ पछि करिब शून्यको नजिक रहेको ब्याजदर बढाएर न्यून लागतको ऋण सापटीलाई अन्त्य गरेको थियो । यसले जनतालाई घर, व्यवसाय विस्तार र अन्य गतिविधिका लागि लिने कर्जालाई महँगो बनाएको छ ।

बढ्दो ब्याजदरले ऋणको माग घटाउने र बचतलाई प्रोत्साहन गर्ने अपेक्षा फेडको छ । ब्याजदर वृद्धिका बाबजुद पनि अमेरिकाको अर्थतन्त्रको प्रदर्शन अपेक्षा गरेभन्दा राम्रो रहेको जनाइएको छ । ‘विशेष गरी श्रम बजारमा रोजगारी थपिने क्रम जारी छ र ज्याला बढिरहेको छ,’ बीबीसीले उल्लेख गरेको छ ।

युरोप र जापानका केन्द्रीय बैंकले पनि ब्याजदर सम्बन्धी निर्णय गर्न बैठक गर्दैछन् । त्यसअघि फेडले ब्याजदर बढाउन निर्णय गरेको हो ।

बेलायतको ‘बैंक अफ इंग्ल्याण्ड’को आगामी ३ अगस्टमा बस्ने बैठकले ब्याजदर थप बढाउन सक्ने अनुमान गरिएको पनि बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?