+

१९औं एसियन गेम्समा कुन खेलबाट कति खेलाडी ?

२०८० साउन  १२ गते १२:५२ २०८० साउन १२ गते १२:५२

१९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २३४ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

१९औं एसियन गेम्समा कुन खेलबाट कति खेलाडी ?

१२ साउन, काठमाडौं ।  चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियन गेम्समा नेपालले २९ खेलमा २३४ खेलाडी सहभागी गराउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २३४ खेलाडी सहभागी गराउने जानकारी गराए ।

‘नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने छ । खेलाडीले एक्सपोजर पाउन भनेरै निकै मिहिनेत गरेर खेलाडी संख्या २३४ पुर्‍याउन सफल भयौं ।’

नेपालबाट महिला फुटबल, महिला भलिबल र रग्मीले यसै संस्करणबाट एसियन गेम्समा डेब्यु गर्दैछन् । पुरुष फुटबल भने यसपटक सहभागी छैन ।

समूह खेल अन्तर्गत नेपालबाट भलिबलको मिहला र पुरुष दुवै टिमले सहभागिता जनाउँदैछन् ।

यस्तै क्रिकेट र रग्बीबाट पुरुष टिम मात्र सहभागि छन् भने फुटबल, कबड्डी, ह्याण्डबल र बास्केटबलमा महिला टिम मात्र सिहभागि हुनेछन् ।

सदस्य–सचिव घिसिङले एसियन गेम्सका लागि माग गरे अनुसारको रकम नआइसकेको बताए । भने, ‘एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले २४ करोड माग गरेका थियौं । २१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ ।’

सदस्य–सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न भन्दै उनले संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेश गर्न आग्रह गरे ।

१९औं एसियन गेम्समा कुन खेलबाट कति खेलाडी ?

व्यक्तिगत खेल

टेबुलटेनिस : ६ (पुरुष ३, महिला ३)

कुस्ती : ४ (पुरुष २, महिला २)

टेनिस : ६ (पुरुष ३, महिला ३)

सुटिङ : २

महिला र्‍याफ्टिङ एण्ड क्यानोइङ : १ पुरुष

गल्फ : ६ (पुरुष ४, महिला २)

एथलेटिक्स : ८ (पुरुष ४, महिला ४) ब्याडमिन्टन : ८ (पुरुष ४, महिला ४)

पौडी : ४ (पुरुष २, महिला २)

जुडो : ८ (पुरुष ४, महिला ४)

ट्रायथलन : ४ (पुरुष २, महिला २)

स्क्वास : ६ (पुरुष ३, महिला ३)

बक्सिङ : १३ (पुरुष ७, महिला ६)

उसु : १२ (पुरुष ७, महिला ५)

कराते : ८ (पुरुष ४, महिला ४)

तेक्वान्दो : ११ (पुरुष ६, महिला ५)

आर्चरी : ४ (पुरुष २, महिला २)

साइक्लिङ : २ (पुरुष १, महिला १)

फेन्सिङ : ६ (पुरुष ३, महिला ३)

भारोत्तोलन : ४ (पुरुष २, महिला २)

डान्स स्पोर्ट्स : १ पुरुष

इ स्पोर्ट्स : ५ (नाम निर्णय हुन बाँकी)

समूह खेल

फुटबल महिला : २२

कबड्डी महिला : १२

ह्याण्डबल महिला : १६ जना

रग्बी पुरुष : १२

क्रिकेट पुरुष : १५

बास्केटबल महिला यू-२३ : ४

भलिबल महिला : १२

भलिबल पुरुष : १२

एसियाली खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय