+
+

निष्क्रिय कर्जाले प्रोभिजन बढ्दा लुम्बिनी विकास बैंकको नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १३:५५

१२ असार, काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी पनि वृद्धि भएको छ । बैंकले सञ्चालन खर्चलाई व्यवस्थापन गर्न सक्दा पनि निष्क्रिय कर्जामा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन बढेको छ । जसले बैंकको नाफा प्रभावित भएको हो ।

शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ६१ करोड २४ लाख ८३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ३.८८ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको आम्दानीको स्रोत खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले वृद्धि भएर १ अर्ब ८७ करोड ४२ लाख ९ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशतले वृद्धि भई २ अर्ब ७ करोड ७५ लाख ३५ हजार पुगेको छ ।

बैंकको आम्दानीमा वृद्धि भएपनि सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्थाका लागि ४० करोड ३१ लाख ४२ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक वर्षमा ३ करोड ४० लाख ६३ हजार मात्रै कर्जा नोक्सानीको लागि प्रोभिजन गरेको बैंककको प्रोभिजन रकममा भारी वृद्धि भएको छ ।

प्रोभिजन रकम बढेसँगै बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७.७० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ९४ करोड १९ लाख ५ हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ८६ करोड ९३ लाख ७० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो ।

बैंकको चुक्ता पूँजीमा भएको वृद्धि र नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २८ करोड ४२ लाख ९३ हजार रुपैयाँ चुक्तापूँजी रहेको बैंकको गत आर्थिक वर्षमा ३ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड २८ लाख २१ हजार पुगेको छ । जसले अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ ४० पैसा रहेको प्रतिसेयर आम्दानी घटेर गत आर्थिक वर्षमा १८ रुपैयाँ ११ पैसामा झरेको छ ।

बैंकको जगेडा कोष २०.२२ प्रतिशतले बढेर २ अर्ब ३८ करोड ६७ लाख ६७ हजार पुग्दा सञ्चित नाफा १४.६९ प्रतिशतले घटेर ३९ करोड २७ लाख ६२ हजारमा झरेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात २२.८१ गुणा छ ।
गत आर्थिक वर्षमा बैंकले आर्जन गरेको मुनाफाबाट साधारण जगेडा कोषमा १२ करोड २४ लाख ९७ हजार छुट्याएको छ । यस्तै रेगुलेटरी रिर्जभमा उठ्न नसकेको ब्याज ९ करोड ३८ लाख ४१ हजार छ । संस्थागत सामाजिक उत्तरदायित्व कोष लगायत अन्य रेगुलेटरी व्यवस्था पनि बैंकको वितरणयोग्य नाफा भने ३९ करोड २७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तमा बैंकको निष्कृय कर्जा अघिलो वर्षको १.६८ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ । यस्तै पूँजीकोष अनुपात ११.७७ प्रतिशतबाट १३.२९ प्रतिशतमा झरेको छ । यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.२१ प्रतिशतबाट ८८.७१ प्रतिशतमा झरेको छ । असार मसान्तमा बैंकको आधार दर १२.०२ प्रतिशत र स्प्रेड दर ४.५८ प्रतिशत छ । अघिल्लो आवको अन्तिममा बैंकको आधार दर १०.९० प्रतिशत र स्प्रेड दर ४.२० प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?