+
+

खुलामुखी एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:१२

१२ साउन, काठमाडौं । खुलामुखी सामूहिक लगानी योजना एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

एनआईबीएल म्युचुअल फण्ड अन्तरगत सञ्चालित उक्त योजनाको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको ११ साउनमा बसेको बैंठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवद्र्धक रहेको एनआईएमबी एस क्यापिटल योजना व्यवस्थापक रहेको योजनाले २०७९/८० को मुनाफबाट लाभांश प्रस्ताव सहित इकाइधनी दर्ता किताब बन्द र लाभांश पुनः लगानीको प्रस्ताव गरेको हो ।

११ साउनमा नै इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय भएकोले ११ साउनसम्म कायम इकाईधनीले मात्रै उक्त लाभांश पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?