+
+

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १८:२७

१२ साउन, काठमाडौं । एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली भारत जाने भएको छ ।

दिल्लीस्थित नोयडामा जुलाई २६ तारिखदेखि सुरु भएको प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

७३ केजीमा हेमन्त पाल तथा ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्ने छन् । हेमन्तले अगष्ट १ तथा सञ्जयले अगष्ट २ तारिखमा खेल्ने छन् ।

दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् ।

आइतबार भारत जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र सचिव रामजीबहादुर श्रेष्ठ तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?