+
+
Shares
कविता :

ऊर्जाको खानी मेरा बा

सुरेन्द्र बिसी सुरेन्द्र बिसी
२०८० साउन १४ गते ११:२९

बा

जीवनको जन्मदाता

आस्थाको केन्द्र, प्रेरणाको स्रोत

विश्वास र शक्तिको खानी

इमान्दारिताको प्रतिमूर्ति

प्रसन्नता र आत्मविश्वास

पूर्ण वात्सल्यता

थोरै भय तर हार्दिकताले भरिपूर्ण

जस्तोसुकै पीडा र दु:खहरुमा पनि

निडर र सतिसाल झैं अडिग

बा

यो शब्दले ऊर्जा र शक्ति दिन्छ

आनन्दित र प्रफुल्लित बनाउँछ

दु:ख र कठिन परिस्थितिमा

मजबुत दिवार बन्दै

सन्तानको सुखद् भविष्यको लागि भनी

मनमा दृढ अठोट र संकल्पसहित

निर्भयका साथ अविचलित रुपमा

एकलव्य अगाडि बढिरहनुभयो

मात्र सुखहरुलाई महसुस गर्दै

बा

तपाईंको

राष्ट्र र राष्ट्रियताप्रतिको निष्ठा

शिक्षाप्रतिको उत्सर्ग र लगाव

शिक्षित समाजको अवधारणा

जसको लागि आफ्नो सम्पूर्ण जीवनको समर्पण

थुप्रै सकारात्मक कर्म र अमिट छापहरु

शालीनता अनि उच्च सम्मान

यस्तो लाग्छ सयौं जुनी

तपाईंकै छायामा जिउन पाऊँ

हृदयको स्पन्दनमा भनौं वा मानसपटलमा

तपाईं कदापि अमिट हुनुहुनेछैन ।।

सुर्खेत (हाल काठमाडौं)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?