+
+

होजलन्ड म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १३:५२

१४ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडले सिरी ए क्लब एट्लान्टाका डेनिस स्ट्राइकर रासमुस होजलन्डलाई ७ करोड २० लाख पाउण्डमा अनुबन्ध गरेको छ ।

एटलान्टाले युनाइटेडको ७ करोड २० लाख पाउण्डको प्रस्ताव स्वीकार गर्दै होजलन्डलाई बिक्रि गरेको हो । २० वर्षीय फरवार्डका लागि युनाइटेडले ६ करोड ४० लाख पाउण्ड ट्रान्सफर रकम र ८० लाख पाउण्ड बोनसको रुपमा दिनेछ ।

गत सिजनमात्र एटलान्टा आएका होजलन्डले ३४ खेलमा १० गोल गरेका छन् ।

युवा अवस्थामा नै शीर्ष लिगमा जमेका होजलन्डले युनाइटेडसँग ५ वर्षको सम्झौता गर्ने प्रबल सम्भावना रहेको छ । युनाइटेडले होजलन्डलाई यस सिजनको तेस्रो अनुबन्धन बनाउन लागेको हो ।

यसअघि क्लबले ५करोड ५० लाख पाउण्ड खर्चेर चेल्सीबाट मिडफिल्डर मेसन माउन्ट र ४ करोड ७० लाख पाउण्डमा इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानालाई अनुबन्ध गरिसकेको छ ।

होजलन्डलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि चासो दिएको थियो । तर केलियन एमबाप्पेको भविष्य अझै प्रष्ट नहुँदा क्लबले अहिले आन्तरिक समस्या सुल्झाउन व्यस्त रहेको छ ।

सन् २०२२ मा डेनमार्कको राष्ट्रिय टोलीबाट डेब्यु गरेका होजलन्डले ६ खेलमा ६ गोल गरिसकेका छन् ।

अनुबन्धन प्रकृया पूरा भएको खण्डमा होजलन्डले आउने शनिबार ओल्ड ट्रफोर्डमा युनाइटेडको प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्न सक्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?