+
+

जनकपुरमा सुरु भयो ‘राजागञ्ज’को छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १४:१९

काठमाडौं । दीपक रौनियारको निर्देशनमा फिल्म ‘राजागञ्ज’को छायांकन जनकपुरमा सुरु भएको छ । फिल्मको छायांकन ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा चल्ने जनाइएको छ ।

शनिबारदेखि जनकपुरको रामानन्द चोक क्षेत्रमा छायांकन सुरु भएको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए । ‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्महरुका निर्माता रामबाबु गुरुङले यो फिल्मको निर्माण गरिरहेका छन् ।

पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राई लगायतका कलाकारले अहिले छायांकन धमाधम गरिरहेका छन् । केही दिनमा दयाहाङ राईले समेत छायांकन सेट ‘ज्वाइन’ गर्नेछन् ।

फिल्मलाई अमेरिकी सिनेम्याटोग्राफर सेल्दन चाउले निर्देशन गरिरहेका छन् । यो उनको दशौं फिल्म हो । उनले खिचेका फिल्महरु कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भइसकेका छन् ।

उनले खिचेको ‘नाफिज फादर’ले लोकार्नोमा शीर्ष पुरस्कार जितेको थियो भने सेनेगलको फिल्म ओस्कारमा पुगेको थियो । ‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । दुई महिला मुख्य पात्रलाई फिल्ममा चित्रण गरिंदैछ ।

जनकपुरमा फिल्म छायांकन गर्न उपमहानगरपालिका र स्थानीय प्रशासनले सहयोग गरेको जानकारी कार्यकारी निर्माताले पोखरेलले दिए । ‘नेपाली फिल्मलाई उनीहरुले अहिलेसम्म यतिको सहयोग गरेका थिएनन्,’ उनले भने । फिल्मको निर्माण नियन्त्रक शंकर पाण्डे र सहायक नियन्त्रकमा विष्णु मैनाली छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?