+
+

हुलास स्टिल दिवसमा २१९ जनाले गरे रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १९:३८

काठमाडौं । बाराको सिमरामा रहेको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
उद्योगका संस्थापक एवम् सञ्चालक स्व.दिवाकर गोल्छाको ७०औं जन्मजयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आर्थिक सहयोग प्रदान गरेको हो ।

उद्योगको काठमाडौंस्थित करपोरेट कार्यालय, बाराको सिमरास्थित कारखाना एवम् हिप्को इन्फ्रामा रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योगले जनाएको छ ।

कम्पनीको काठमाडौ स्थित गोल्छा हाउसमा आयोजित रक्तदान कार्यक्रममा २४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
उद्योगको सिमरास्थित काराखानामा १५८ जना, वीरगञ्जको बेल्वामा रहेको हिप्को इन्फ्रा प्रालिमा ३७ जना भन्दा बढीले रक्तदान गरेको उद्योगले जानकारी दिएको छ ।

यसका साथै उद्योगले हुलास स्टिल दिवसको अवसरमा नयाँ सीआरएम प्लान्टबाट आफ्नो उत्पादन समेत प्रारम्भ गरेको छ ।
प्लान्टको उद्घाटन जितपुरसिमरा उपमहानगरका मेयर राजन पौडेलले गरेका हुन् ।

कार्यक्रममा कम्पनीमा कार्यरत उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?