+
+

‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १२:१४

काठमाडौं । अनमोल केसी स्टारर फेन्टासी-ड्रामा ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने भएको छ । निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ १० मा यो फिल्म देशभित्र र बाहिर एकैसाथ प्रदर्शनमा आउने जनाएको छ ।

अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको उल्लेख छ । अमेरिकी वितरक प्याट्रिक सुवेदीले अमेरिकाका धेरै सहरमा फिल्म लाग्ने जनाएका छन् ।

अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले यसलाई रिलिज गर्दैछ । अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ । अष्ट्रेलियाका १८ हलमा फिल्म लाग्ने उल्लेख छ । यो फिल्मलाई मध्यपूर्वमा रमेश ढकालले रिलिज गर्दैछन् । जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि फिल्म लाग्ने तय छ । भारत प्रदर्शनबारे भने केही दिनमा तय हुने जनाइएको छ । पछिल्लो समय नेपाली फिल्म घरेलु बजारसहित विश्वव्यापी प्रदर्शनमा आउने क्रम जारी छ ।

सुयोग गुरुङ निर्देशित यो फिल्ममा अनमोलसहित जसिता गुरुङको शीर्ष भूमिका छ । फिल्मको ट्रेलरलाई तीन सातामै ३१ लाख पटक हेरिएको छ । शीर्ष गीतलाई १५ लाख पटक हेरिएको छ ।

‘एकैदिनमा नेपालसहित विदेशमा आउने भएपछि हाम्रा लागि यो सेलिब्रेसनको मौका हो,’ निर्माता अधिकारीले भने, ‘कतिपय मुलुकमा डेट टुंग्याउन बाँकी छ । हामी सोहीअनुसार प्रदर्शन तालिका तय गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?