+
+
मोडल वाच :

‘मस्ट एलिजिबल ब्याचलर’ अनमोल (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ११:२६

काठमाडौं । १० वर्ष, १० औं फिल्म र १० गते । यी तीन मिति र अंकको गजबको संयोग छ अनमोल केसीलाई । आगामी जेठ १० गते उनको दशौं फिल्म ‘फर्की फर्की’ प्रदर्शन हुँदैछ ।

सोही मितिमा उनको फिल्म करिअरले दशक टेक्दैछ । शीर्ष अभिनेताको रुपमा उनको डेब्यु फिल्म ‘होस्टेल’ दशकअघि रिलिज भएको थियो । आगामी फिल्मलाई लिएर अनलाइनखबरसँग गफिंदा अनमोल केही सतर्क र आशावादी सुनिए ।

गत वर्ष ‘छड्के २’ को ‘फेलियर’पछि उनी धेरै जोगिएर फिल्म गर्न चाहन्छन् । ‘यसले मलाई धेरै पाठ सिकाएको छ, त्यसबाट पाठ सिकेर अघि बढ्ने प्रयास गर्दैछु,’ उनी भन्छन्, ‘धेरै सोचविचार गरेर अघि बढ्ने प्रयासमा छु ।’

आगामी फिल्म ‘फर्की फर्की’पछि अनमोलसँग ‘जेरी अनटप’ र होम प्रोडक्सन फिल्मको लाइनअप छ । ‘जेरी अनटप’ जेठ अन्त्यदेखि छायांकन तयारीमा छ । हुन त अनमोलले बाल कलाकारको रुपमा धर्म, साथी म तिम्रो र नेपाली बाबुमा पनि अभिनय गरे ।

तर उनी ‘होस्टेल’लाई डेब्यु मान्छन् । मार्च ३० मा जन्मदिन मनाउने उनी यतिबेला नेपाली फिल्म क्षेत्रका मस्ट एलिगेबल ब्याचलर हुन् । हालै आयोजित पत्रकार सम्मेलनमा उनले आफू सिंगल रहेको बताएका थिए । उनी आफू यतिबेला करिअरप्रति गम्भीर रहेको र कामप्रति कमिटेड रहेको बताउँछन् ।

फोटो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?