+
+

रुकुममा पहिरो खस्दा २ जनाको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते २०:०७

१४ साउन, दाङ । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।

बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार उनीहरु करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका थिए । आइतबार दिउँसो पौने तीन बजे बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका बेला पहिरो ढिस्को खसेको थियो ।

पहिरोमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री रहेका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?