+
+

पोखरामा यती एयरलाइन्सको विमानमा मुसा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १४:०५

१५ साउन, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन् ।

पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?