+
+

दुई महिनाभित्र नेपालको ए टिम बनाउने क्यानको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १७:५१

१५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ए टिमको लागि तयारी सुरु गरेको छ ।

आउँदै गरेका प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा रहेका खेलाडी र अन्य केही सर्ट लिस्ट खेलाडीलाई प्रशिक्षणमा राख्दै नेपालको ए टिम बनाउने तयारीमा लागि रहेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

‘हामी अहिले केही खेलाडीलाई भारत प्रशिक्षणमा पठाउने तयारीमा रहेका छौं । जति सक्दो छिटो हामी नेपालको ए टिम निमार्ण गर्ने प्रक्रियामा रहेका छौं’, उनले अनलाइनखबरसँग भने ।

एसिया कप र टी–२० क्वालिफर्यसका लागि पहिलो श्रेणीका खेलाडीलाई प्रशिक्षणमा पठाउने तयारी गरिरहेको क्यानले कम्तिमा पनि ३० देखि ३५ खेलाडीको समुह तयार पारी मुख्य टिम र ए टिम बनाउने छ ।

पाठकले भने, ‘हाल एसिया कपको तयारीका लागि हामीले कम्तीमा पनि ६/७ जना खेलाडी भारत पठाउन लागेका हौं । खेलाडी छनोट गर्दा हामीले मुख्य त आउँदो दुई प्रतियोगितालाई खेलाडी पठाउन लागेका हौं ।’

क्यानले यहि हप्ता भारत प्रशिक्षणका लागि पठाउने खेलाडीको नाम टुङ्गो लगाउने उनले बताए । आगामी योजनाहरुलाई समेत टेवा पुग्ने गरि प्रशिक्षक मोन्टी देशाइ र टिम व्यवस्थापकको सल्लाह अनुसार खेलाडी छनोट गरिएको पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?