+
+

अश्लील गतिविधि गर्ने निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १८:५२

१५ साउन, काठमाडौं । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।

सोमबार गोप्य/अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले बताए ।

गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए ।

दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?