+
+

सिरहामा एक युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते ११:१९

१६ साउन, जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ ।

सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन ।

युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिए ।

आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?