+
+

टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा, नेरीको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते ११:४२

१६ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पनि पुनरागमन गरेकी छिन् ।

मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर ९ (भदौ ११ देखि २३) गतेबाट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला टिमले समूह ‘ए’ मा रहेर बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

नेपाली टिमः रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, नेरी थापा, सरस्वती चौधरी र ज्योती पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?