+
+

कप्तान बनेर भारतीय टी-२० टिममा फर्के बुमराह

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १२:५९

१६ साउन, काठमाडौं । भारतीय तीव्रगतिका बलर जस्प्रित बुमराहले टी–२० टिममा पुनरागमन गर्दै कप्तानको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

बुमराहले तीन १८ अगष्टबाट हुने आयरल्यान्डसँको तीन टी–२० आई खेलको सिरिजमा भारतको कप्तानी गर्नेछन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले हार्दिक पान्ड्यासहित आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिँदै बुमराहको कप्तानीमा टिम घोषणा गरेको छ ।

गतवर्ष सेप्टेम्बरमा अष्ट्रेलियासँग हैदराबादमा भएको टी–२० आई खेलपछि बुमराह भारतीय टोलीमा थिएनन् । चोटका कारण बाहिरिएका बुमराह नहुँदा बलिङमा भारतीय टिम निकै प्रभावित देखिएको थियो ।

उनको आगमनले भारतको बलिङ आक्रामण मजबुत हुनेछ । भारतले युवा ब्याटर ऋतुराज गायकवाडले यस प्रतियोगिताका लागि उपकप्तानको जिम्मेवारी निर्वाह गर्नेछन् ।

भारतले पहिलो खेल १८ अगष्ट, दोस्रो खेल २० अगष्ट र तेस्रो खेल २३ अगष्टमा खेल्नेछ ।

भारतीय टोली

जस्प्रित बुमराह (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, रिंकु सिंह, सन्जु स्यामसन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर), शिवम दुबे, वासिन्टन सुन्दर, शहबाज अहमद, रवि विश्रोई, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह, मुकेश कुमार र आवेश खान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?