+
+

मलेसिया नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १३:२४

१६ साउन, काठमाडौं । मलेसियाले नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा स्थान सुरक्षित गरेको छ ।

आईसीसी टी-२० विश्वकपको उपक्षेत्रीय छनोट बीको फाइनलमा थाइल्याण्डलाई ७ विकेटले हराउँदै मलेसियाले एसिया छनोटमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि पाएको ९४ रनको विजयी लक्ष्य मलेसियाले ११.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।

एसिया छनोटमा अक्टोबर नोभेम्बरमा नेपालमा आयोजना हुने छ ।

जसमा घरेलु टोली नेपालसहित बहराइन, हङकङ, ओमान, सिंगापुर र यूएई सिधै छनोट भएका थिए ।

उपक्षेत्रीय छनोटबाट मलेसिया पनि यो प्रतियोगिताका लागि छानिएको छ भने अब उपक्षेत्रीय छनोट एबाट १ टिम छानिन बाँकी छ । उपक्षेत्रीय छनोट एमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् ।

नेपालमा हुने छनोट प्रतियोतिगाबाट २ टिमले आउँदो वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?