+
+

एमालेले आज पनि संसदमा अवरोध गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १४:११

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ ।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ । यही माग राखेर एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन ।

सत्तारुढ दलहरुले भने सरकारको अनुसन्धान जारी रहेका बेला अर्को छानबिन समिति बनाउने विषय नमिल्ने बताउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?