+
+

अविनाशविक्रम र अनुपको फिल्म बुसानको ‘एसियन प्रोजेक्ट मार्केट’मा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १२:१६
फाइल तस्वीर

काठमाडौं । एसियाको प्रतिष्ठित मानिने दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलले ‘एसियन प्रोजेक्ट मार्केट’का लागि एक नेपालीसहित ३० विश्व फिल्म छनोट घोषणा गरेको छ । छानिएका फिल्मले उक्त बजारबाट लगानीकर्ता जुटाउन सक्नेछन् ।

बुसानको आधिकारिक पोर्टलअनुसार सुरज पौडेलको निर्देशन तथा अनुप पौडेल र अविनाशविक्रम शाह निर्माता रहेको फिल्म ‘ह्वेर्स द रिभर रन साउथ’को स्क्रिप्ट छनोट भएको हो । अब आगामी अक्टोबरमा हुन लागेको एसियाली मार्केटको ‘पिचिङ सत्र’मा यो फिल्म पेश हुनेछ ।

यस वर्षको संस्करणमा चीन, हङकङ र ताइवानबाट उच्च संख्यामा फिल्म छनोट छन् । बुसानलाई एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल मानिन्छ । यसपटक बुसानको एसियन फिल्म एकेडेमीमा चर्चित नेपाली ब्याकग्राउण्ड स्कोरर उत्तम न्यौपानेले पनि सहभागिता जनाउनेछन् । त्यहाँ उनले एक महिना सम्बन्धित विधाको शैली सिक्नेछन् ।

निर्माता शाहको फिल्म ‘लोरी’ले गत वर्ष कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जितेको थियो । यस वर्षको २८ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अक्टोबर ४ देखि १३ सम्म हुँदैछ । साथै, १८ औं एसियन कन्टेन्ट्स एण्ड फिल्म मार्केट अक्टोबर ७ देखि १० सम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?