+
+

काठमाडौंको कलेजबाट फिल्म ‘ऐंचो पैंचो’ले थाल्यो प्रचार अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १४:१२

काठमाडौं । कृषा चौलागाईं निर्देशित फिल्म ‘ऐंचो पैंचो’ले प्रचार अभियान थालेको छ । बुधबार फिल्मको युनिटले काठमाडौंको टेक्सस इन्टरनेसनल कलेजमा अभिमुखीकरण समारोह आयोजना गर्दै फिल्मको प्रचार थालेको हो ।

कार्यक्रममा कलाकारहरु सुशील सिटौला, राजाराम पौडल र अभिनेत्री शारदा गिरी कलेजमा पुगेका थिए । उनीहरुले कलाकारसँग कुराकानी गर्दै फिल्म हेर्न आइदिन आग्रह गरे । साथै, उनीहरुले फिल्मको विषयवस्तुबारे पनि विद्यार्थीलाई जानकारी गराए । फिल्मको गीत ‘काले केटाले’मा तीनैजना कलाकारले नृत्य समेत गरे ।

निर्देशक चौलागाईंले केही दिनमा सार्वजनिक हुने ट्रेलरसँगै फिल्म प्रचारप्रसारमा केन्द्रित हुने बताइन् । केपी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी र विशाल पहारीको अभिनय छ ।

प्रीतम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, सुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोको रंग संयोजन, सत्यम राणाको भीएफएक्स र मुकेश शाहको ध्वनि संयोजन छ ।

मल्टिस्टारर यो फिल्म सामाजिक राजनीतिक कथावस्तुमा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?