+
+

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १४:१९

१८ साउन, काठमाडौं । सुन तस्करलाई कारबाहीको माग गर्दै नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । एमालेको अवरोधका कारण बैठक साउन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठकको सुरुमै नेकपा एमालेका सदस्य भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा नाम मुछिएका जोसुकैलाई पनि कारबाही गर्ने सुनिश्चित सरकारले नगरेसम्म बैठक चल्न नदिने बताए । त्यसलगत्तै राष्ट्रिय सभामा एमालेका सदस्यहरु आ-आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।

त्यसपछि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आगामी २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?