+
+

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सिफारिसका लागि समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १७:०९

१८ साउन, काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चिकित्सा शिक्षा आयोग ऐन अनुसार आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि ३ सदस्यीय समिति रहने व्यवस्था छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिमा मुख्य सचिव वा मुख्यसचिवले तोकेका प्रधानमन्त्री कार्यालयका एक जना सचिव र चिकित्सा क्षेत्रको प्राध्यापकहरुमध्ये सरकारले एक जना महिला रहने व्यवस्था छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस समितिको सदस्यमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानकी प्राध्यापक डा. लोचना श्रेष्ठलाई तोकेको छ । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको पदावधि सकिन लागेकाले सरकारले अर्को उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति बनाएको हो ।

हेर्नुहोस् मन्त्रिपरिषदको निर्णयहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?