+
+

भेरी अस्पतालको प्रमुखमा पवनजङ्ग रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १८:०४

१८ साउन, काठमाडौं । भेरी अस्पतालको नेतृत्व डा. पवनजंग रायमाझीले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बुधबार डा. रायमाझीलाई भेरीको जिम्मेवारी दिएका हुन् । यसअघि मेडिकल सुपरिटेन्डेन्टमा डा.बद्री चापागाईं रहेका थिए ।

त्यसैगरी, स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन् ।  महाशाखामा हाल यशोदा अर्याल प्रमुखका रुपमा कार्यरत छिन् ।उनी अध्ययन विदामा जाने भएपछि डा.दासलाई जिम्मेवारी दिइएको छ ।

डा. दास मन्त्रालयमा नै कार्यरत थिए । तर, मन्त्रालयमा उनलाई कुनै पनि महाशाखाको जिम्मा दिइएको थिएन । त्यसअघि भने उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?