+
+

वाईसीएलले भन्यो : गुणस्तरहीन चामल आयातबारे डब्ल्यूएफपीले प्रष्ट्याउनु पर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १८:३३

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन वाईसीएल नेपालले गुणस्तरहीन चामल आयात सम्बन्धमा नेपालस्थित विश्व खाद्य कार्यालयसँग जावाफ माग गरेको छ ।

अनलाइनखबरमा बुधबार प्रकाशित ‘अखाद्य भनेर भन्सारले रोकेको डब्ल्यूएफपीको चामल ५ महिनापछि खानयोग्य’ समाचारले बालबालिकामा अखाद्य खाद्यान्न पुग्ने अवस्था सिर्जना भएको भन्दै वाईसीएलले चिन्ता व्यक्ति गरेको छ ।

नेपाल विश्व खाद्य कार्याक्रमलाई ध्यानाकर्षण पत्र लेख्दै वाईसीएलले पहिले अखाद्य भनिएको चामल ५ महिनापछि कसरी खाद्य भएको हो प्रष्ट्याउन भनेको छ ।

दुर्गमका बालबालिकालाई आहारामा खुवाइने चामलमा गरिएको गम्भीर लापरबाहीबाट दुःखी भएको वाईसीएल नेपालका को-अर्डिनेटर दीलिप सिंहले लेखेको पत्रमा भनिएको छ । आगामी सोमबारसम्म यसबारे विश्व खाद्य कार्याक्रमले प्रष्ट नबनाए वाईसीएलले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

गत माघमा नेपालगञ्ज भन्सार भएर नेपाल भित्रिएको ५४ टन चामल पानीले भिजेको र गन्हाएका कारण अखाद्य भएको भन्दै आयात निर्यात खाद्य कार्यालय नेपालगञ्जले आयातमा रोक लगाएको थियो ।

तर, साढे ५ महिनापछि उक्त चामलको पुनः परीक्षण गराएर ३ साउनमा भन्सार जाँचपास गराएर नेपाल भित्र्याइएको थियो ।

३१ असारमा नबिग्रिएको नमुनाको जाँच पास गराएर ३ साउनमा चामल सुटुक्क भन्सार जाँचपास गरेर नेपाल भित्र्याइएको थियो ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?