+
+

वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते ६:४९

वाशिङ्गटन डिसी । अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम आयोजना भएको छ । युएसएआईडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजना अन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको शुरुमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले  सहभागीहरुलाई स्वागत गर्दै नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआईडीको सह्राना गरे । साथै पीबीएस भिडियोका निर्माता डेनिस होली र ‘दिस इज अमेरिका एण्ड द वर्ल्ड’ कार्यक्रमका स्टेलरकावाजुल साजाकस र त्यसमा संलग्न सबैलाई धन्यवाद दिए ।

नेपाल मनमोहक प्रकृति, साँस्कृतिक विविधताको धनि भएको उल्लेख गर्दै राजदूत खत्रीले आज नेपाल बाह्य लगानीका लागि समेत खुल्ला रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै युएसएआईडीकी उपसहायक निर्देशक अञ्जली कौरले नेपालमा कृषि, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रको विकासमा युएसएआईडीको प्राथमिकता रहेको बताइन् । उनले नेपाल पर्यटन बोडै (एनटीबी)सँगको साझेदारीमा यस वर्षको जुनमा सुरु गरिएको पर्यटन अभियान सफल भएकोमा खुशी व्यक्त गरिन् ।

उनले नेपालस्थित दूतावास, एनटीबी र अन्य सरकारी निकायहरूको साथ लिएर संयुक्त राज्य अमेरिकाभरका पीबीएस च्यानलहरूमा जुन महिनादेखि प्रसारण भइरहेका कार्यक्रमहरूको पाँच भागका भिडियोहरू निर्माण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरिन् । नेपालको विकासमा अमेरिकी सहयोग आगामी दिनमा पनि जारी रहने उनले बताइन् ।

सो अवसरमा गृह सुरक्षा मन्त्रालयका उपकार्यकारी सहायक निर्देशक प्याट्रिक म्याकएल्वेनले हराएका नेपाली कलाकृतिहरू पुनःप्राप्तिमा आफ्नो अनुभव र प्रतिबद्धताको बारेमा चर्चा गरे ।

यस वर्षको मे ११ मा डिएसआईले बरामद गरी दूतावासलाई हस्तान्तरण गरेका काठका ४० वटा कलाकृतिहरूमध्ये केहीका तस्वीरहरु तथा केही कलाकृतिहरुसमेत समेत प्रदर्शन गरिएको थियो । यी ४० सम्पदाहरु कतार एयरवेजको सौजन्यमा अगस्टको पहिलो हप्ता नेपाल पठाउन लागेको समेत राजदूत खत्रीले आफ्नो मन्तव्यका क्रममा जानकारी दिए ।

पिबिएस च्यानलका कार्यक्रम प्रस्तोता तथा ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ का कार्यकारी निर्माता डेनिस होलीले नेपालमा गएर भिडियो निर्माण गर्दाको अनुभव सुनाए ।

पर्यटन विज्ञ जोन ई हेथरले नेपाली जनताको न्यानो आतिथ्यताको प्रशंसा गर्दै दिगो नेपाली झण्डाको विशेषताबारे बताए । स्टेलरका मार्केटिङ प्रबन्धक वाजुल स्जाकाक्सले सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफर्महरू मार्फत पर्यटन मार्केटिङको महत्त्वमा जोड दिए ।

कार्यक्रममा अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधिहरु, अमेरिकी सरकारका विभिन्न निकायका अधिकारीहरु, नेपालका लागि पूर्वअमेरिकी राजदूत, ट्राभल एण्ड एडभेन्चर टुर विज्ञहरु र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?