+
+

रोहित हत्या प्रकरण : हतियार व्यवस्थापक सहित चारजना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १५:५४

१९ साउन, विराटनगर । विराटनगर महानगरपालिका ५ का रोहित चौधरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यसअघि दुई जना पक्राउ परेका थिए ।

बिहीबार थप दुई जनालाई पक्राउ गरेको हो । रोहितको हत्यामा भने तीन जना संलग्न थिए । हत्यामा संलग्न गिरोहलाई हतियार उपलब्ध गराउने व्यक्तीलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी  कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जानकारी  दिए ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-१ घर भइ धरान-८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका-१५ का  ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा छन् ।

चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले  यसअघि  लेटाङ नगरपालिका- १  का दीपक तिम्सिना र धरान १४ का अनसन तामाङलाई पक्राउ गरेको थियो ।

गत साउन ५ गते धनकुटाको मुलघाटबाट फर्कने क्रममा उनको  धरान-इटहरी सडक खण्डको सेउती  पुल नजिकै गोली हानी  हत्या  भएको थियो । हत्यामा तीन जना संलग्न थिए ।

प्रहरीका अनुसार विराटनगरका  शर्मा बाहेक अन्य हत्या र लुटपाटमा संलग्न थिए  । शर्माले भने   गिरोहलाई  भारतबाट हतियार  व्यवस्था गरिदिएका थिए  ।

गत साउन ५ गते २८ औं जन्मदिनको दिन घरमा मिठाई बाडेर उनी साथीसँग धनकुटाको मुलघाट पुगेका थिए । फर्कने क्रममा सेउती पुल दक्षिण तर्फ बाइक रोकेर पिसाब फेर्न गएको समयमा  लेटेरा समूहले उनीसँगै  रहेकी साथीलाई हतियार देखाएर लुटपाट  गरेको थियो ।

लुटपाटको प्रतिकार गर्दा  तिम्सिनाले चौधरीमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

पक्राउ परेका तिम्सिना, तामाङ र लिम्बू मोरङको पथरीेदेखि  सुनसरीको चतरासम्मको उत्तरी जंगलको सडक खण्डमा भएका चारवटा लुटपाटका घटनामा संलग्न थिए ।

पक्राउ परेका तिम्सिना जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद भुक्तान गरि दुई महिना अघि छुटेका हुन् । त्यसैगरि, तामांग लागु औषध मुद्धामा ६ महिना कैद भुक्तान गरि २ वर्ष अघि छुटेका अभियुक्त हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?