+
+

सबैभन्दा राम्रो लिपिस्टिक कुन हो ?

सांग्रीला ओली, मेकअप आर्टिस्ट सांग्रीला ओली, मेकअप आर्टिस्ट
२०८० साउन १९ गते १६:४९

बजारमा थरीथरी लिपिस्टिक छन् । त्यसमा रंगको मात्र विविधता छैन, गुणस्तरले पनि भिन्नाभिन्नै छन् । ब्रान्ड पनि अनेक छन् तर यीमध्ये सबैभन्दा राम्रो लिपिस्टिक कुन होला ?

मेबेलाइन न्युयोर्कको कलर सेन्सेसनलक्रिमी म्याट लिपस्टिक

मेबेलाइन न्युयोर्कको कलर सेन्सेसनल क्रिमी म्याट लिपिस्टिक हो । यो क्रिमी म्याट लिपिस्टिक एक हाइड्रेटिङ रंग हुने र यसमा महको गुणयुक्त हुने मेबेलिन न्युयोर्क कम्पनीको दाबी छ । यो लिपिस्टिकले दिनभरि ओठलाई मुलायमकायम राख्छ । यस ब्राण्डको ३५ प्रकारका शेडहरु छन् । यसको मूल्य १२ सय जति पर्छ ।

रेभलोन

प्राय: महिलाको ब्यागमा रेभलोन लिपिस्टिक पाइन्छ । यसमा हुने अल्ट्रा-क्रिमी बनावटको क्रिमी टेक्सचर  र लिकुइडको गुण हुने हुँदा ओठलाई नरम बनाउने कारण सबैको रोजाइमा पर्छ । रेभलोन म्याट, गल्स र जेलयुक्तखालका लिपिस्टिक पाइन्छ । यसको मूल्य एक हजारदेखि सुरु हुन्छ ।

ल्याक्मे नाइन टु फाइभ म्याट लिपकलर

ल्याक्मेलेनिकालेको उत्कृष्ट लिपिस्टिकको अर्को नामल्याक्मेलेनाइन टु फाइभ म्याट लिपकलर हो ।  कम्पनीका अनुसार यस लिपिस्टिक भिटामिन ईले भरिपूर्ण हुन्छ । यो नरम र चिल्लो छ । यो लिपिस्टिक म्याट फिनिसको हुनुका साथै लामो समयसम्म ओठमा रहन्छ । ल्याक्मेको यो लिपिस्टिकलाई ग्राहकहरुले रुचाएका छन् । यसको करिब ९ सय रुपैयाँ जति पर्छ ।

सांग्रीला ओली

कलरबार भेलबेट म्याट लिपिस्टिक

कलरबार भेलबेट म्याट लिपिस्टिक जोजोबा तेल र शिया बटर हस्ता तत्वबाट बनेको हो । इस यसले ओठलाई मुलायम र हाइड्रेट राख्छ । यो लिपिस्टिक पाँच घण्टासम्म टिक्ने कम्पनीको दाबी छ । यसको मूल्य एक हजारदेखि सुरु हुन्छ ।

मेबेलाइनन्युयोर्क लिप ग्रेडेसन लिपिस्टिक

मेबेलाइनको लिपिस्टिक धेरैको रोजाइमा पर्छ । मेबेलाइनन्युयोर्क लिप ग्रेडेसन लिपिस्टिक धेरै बोल्ड र उज्यालो रंगहरुमा पाउन सकिन्छ । यो एक पाउडर लिपिस्टिक हो, लगाएपछि रंग खुलेर आउँछ । यो लिपिस्टिककोरल, फ्युसिया र रातोजस्ता आकर्षक रंगमा उपलब्ध छ ।

एनयाईएक्स लिपिस्टिक

ग्लसी नभएको तर म्याट फिनिस चाहिएमा एनयाईएक्स लिपिस्टिक राम्रो रोजाइ हुन सक्छ । किनकि योसँग ग्लसी र म्याटलाई सन्तुलन गर्ने क्षमता छ । यसले म्याट फिनिस दिन्छ र ओठलाई चमक दिनुका साथै लामो समयसम्म टिकाउ पनि गराउँछ ।

फार्मेसी लिकुइड म्याट लिपिस्टिक

फार्मेसी लिपिस्टिक धेरैको रोजाइमा पर्छ । यसमा सफट टेक्सचर हुनुका साथै अनुहारलाई उज्यालो देखाउँछ । यसको मूल्य ५०० देखि एक हजार रुपैयाँसम्म पर्छ ।

छालाअनुसार लिपिस्टिक कसरी छनोट गर्ने ?

गोरो छाला : अनुहार गोरो भएका महिलालाई हलका गुलाबी, वाइन रेड, न्युड, हलका बैजनी र चेरी रेड सुहाउँछ ।

हुँगोरो : गहुँगोरो छाला भएका महिलाले उज्यालो रंग गाढा गुलाबी, रगत रातो र गाढा बैजनी लिपिस्टिक छनोट गर्नु राम्रो हुन्छ । गहुँगोरो छाला भएकाले लिपिस्टिकसँगै लिपग्लस पनि प्रयोग गर्न सकिन्छ ।

कालो छाला : उज्यालो र हल्का रंगका लिपिस्टिक कालो छाला हुनेका लागि उपयुक्त हुन्छन् । गाढा रातो र गाढा बैजनी रंग प्रयोग गर्दा यो टोनको लागि राम्रो हुन्छ । साथै, हल्का गुलाबी, हल्का बैजनी, ल्याभेन्डर शेडहरू पनि प्रयोग गर्न सकिन्छ ।

कसरी चिन्ने सक्कली र नक्कली लिपिस्टिक ?

हाल बजारमा चलेका ब्राण्डका लिपिस्टिकको नाममा नक्कली लिपिस्टिक पनि छ्यापछ्याप्ती छन् । यस्तोमा आफैं सजग हुनुपर्छ । किनभने सक्कली लिपिस्टिकमा केमिकल त्यति हानि नगर्ने खालका हुन्छन् ।

सबैभन्दा पहिला लिपिस्टिक लिंदा त्यसको कभरमा ब्राण्ड र देशको नाम लेखेको हेर्नुपर्छ । त्यसमा छुटाउन नहुने बारकोड हो, जुन सक्कली उत्पादनमा मात्र हुन्छ ।

लिपिस्टिक लगाउने तरिका

पातलो खालको ओठ छ भने ओठभन्दा एक तहमाथि लाइनरले बिस्तारै सेप दिंदै लगाउनुपर्छ । त्यसभित्र लिपिस्टिक लगाउँदा आकर्षक देखिन्छ । यसले ओठलाई मोटो देखाउँछ ।

ओठ मोटो खालको छ भने त्यसलाई हल्का पातलो र आकर्षक देखाउन ओठभन्दा एक तह तल लिपलाइनर लगाउने र त्यसपछि लिपिस्टिक लगाउनुपर्छ ।

१. लिपस्टिक लगाउनुअघि ओठलाई लिपबाम लगाएर हल्का हातले ओठलाई मसाज गर्ने ।

२. यसपछि ओठमा प्राइमर वा फाउन्डेसन लगाएमा लिपिस्टिक अडिन मद्दत पुग्छ ।

३. ओठलाई सही आकार दिन लिपिस्टिकसँग मिल्ने लिपलाइनरको प्रयोग गर्न सकिन्छ ।

४. लिपिस्टिकलाई राम्रो आकार दिन औंलाले मिलाउन सकिन्छ । यदि आकार ठीक देखिएन भने कन्सिलरले सही आकार दिन सकिन्छ ।

(ओली ब्लसिङ ब्युटी स्टुडियो एण्ड ब्युटी स्टोरकी सञ्चालिका हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?