+
+

गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई सरकारले वार्तामा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २०:०३

१९ साउन, काठमाडौं । सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।

प्रधानमनन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव अर्जुन भण्डारीले बिहीबार संघर्ष समितिलाई पत्र पठाएर सम्वादमा आउन आग्रह गरेका हुन् ।

पत्रमा आन्दोलनबारे प्रधानमनत्रीको ध्यानाकर्षण भएको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ता–सम्वादमा आउन आग्रह गरिएको छ । वार्ता आइतबार बिहान ८ बजेलाई तय भएको छ ।

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै रौतहटको चन्द्रपुरमा ७ दिनदेखि धर्ना जारी छ भने प्रदर्शन पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?