+
+

प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १४:०५

१९ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘योजना, विचार, सिद्धान्त केही चाहिंदैन । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो,’ भट्टराईले भने, ‘सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ ।’

माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण अघि बढाउन नसकिएको जिकिर गरे ।

उनले भने, ‘उहाँ सत्ताका लागि जे गर्न पनि तयार हुने व्यक्ति भएको मलाई पहिल्यै थाहा थियो । तर पनि माओवादी आन्दोलनमा लागेका साथीहरूलाई समेटेर नयाँ ढंगले अघि बढ्ने योजना थियो । प्रचण्डकै कारण सफल हुन सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?