+
+

प्रधानमन्त्री कार्यालय ‘सेन्टर अफ एक्सिलेन्स’ बन्नुपर्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २१:४०

१९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ (उत्कृष्टताको केन्द्र) बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कामकारबाहीलाई प्रभावकारी बनाउँदै कार्यालयलाई आकर्षणको केन्द्र बनाउन निर्देशन दिएका छन् ।

‘हालको कार्यप्रणालीमा सुधार गरी सामाजिक न्याय, सुशासन र समृद्धि हासिल गर्ने सरकारको अभीष्ट पूरा गर्न थप प्रभावकारी र रणनीतिक ढंगबाट कार्यसम्पादन गर्नुस्’ उनले बैठकमा भनेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सहसचिव रेखा दासले कार्यालय र मातहतका निकायहरुले गत वर्षमा हासिल गरेको प्रगति, कार्यान्वयनमा देखिएका समस्याहरु र सुधारका लागि चाल्नुपर्ने कदमहरु सहितको एकीकृत प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?