+
+

प्रचण्डले जवाफ दिएपछि माओवादी बैठक आज सकिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते ७:४७

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ ।

यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी गरेको छ ।

चार दिनसम्म २२१ जना ले बैठकमा धारणा राखेका छन् । आज नभ्याउन बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी आजै बैठक सक्ने तयारी भएको हो ।

आजको बैठकमा थप सदस्यहरूदले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । दिउँसो १ बजेसम्म बाँकी सदस्यहरूका लागि समय छुट्याइएको छ । त्यसपछि अध्यक्षले जवाफ दिने कार्यक्रम तय भएको छ ।

बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागितालगायतका विषय उठाएका छन् ।

यसपटक पदाधिकारीहरूले नै केही असन्तुष्टिसमेत व्यक्त गरेका छन् । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले आफूहरूलाई गुटको नेताको रुपमा छुट्याएर विकल्प खोजिएको भन्दै गुनासो गरेका छन्

बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् ।

यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?