+
+

दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १३:४४

२१ साउन, काठमाडौं । दक्षिण अफ्रिकालाई २-० ले हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८औं मिनेटमा गोल गरे ।

समूह चरणको अन्तिम खेलमा इटालीलाई पराजित गरेको भए पनि दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन सकेन ।

नेदरल्याण्डसले अब अब स्पेनको सामना गर्ने छ । तर उसले अनुभवी मिडफिल्डर डेनियल भान डे डोङ्क बिना स्पेनको सामना गर्नुपर्नेछ । उनले प्रतियोगितामा लगातार दोस्रो पहेँलो कार्ड पाउँदै स्पेनसँगको खेल गुमाउने भएकी हुन् ।

स्वीट्जरल्याण्डलाई ५-१ ले पराजित गर्दै स्पेनले प्रिक्वार्टरफाइनलमा सानदार खेल प्रस्तुत गरेको थियो । तर त्यो प्रदर्शनबाट आफूहरु नडराएको नेदरल्याण्ड्सका प्रशिक्षक एन्ड्रिस जोन्करले बताएका छन् । उनले आफूहरु सबैलाई हराउन सक्छौं भन्ने विश्वासका साथ महिला विश्वकपमा आएको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?