+
+

सरकारले ऋण खोजेर भए पनि हाम्रो पैसा दिनुपर्छ : अध्यक्ष सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १३:५८

२१ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ऋण लिएर भए पनि निर्माण व्यवसायीले गरेको कामको भुक्तानी दिनुपर्ने बताएका छन् ।

शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट अभावका कारण निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्ति दिएका थिए । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले विदेशबाट अनुदान मागेर, ऋण लिएर, आन्तरिक ऋण लिएर वा जुनसुकै माध्यमबाट भए पनि निर्माण व्यवसायीको भुक्तानी दिनुपर्ने बताए ।

‘ऋण उठाउँछौं, अनुदान माग्छौं, वैदेशिक ऋण ल्याउँछौं र आन्तरिक ऋण उठाउँछौं जसरी उठाउनुहुन्छ उहाँहरुले त्यो भुक्तानीको सुनिश्चिता गर्नुपर्छ’ उनले भने, ‘यदि सरकारले त्यसो गर्न सक्नुहुन्न भने त्यो आयोजनाहरुलाई खारेज गर्नुपर्छ । जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम सरकारले गर्नु हुन्न ।’

आफूहरुले गरिसकेकेको कामको भुक्तानी नपाएको भन्द निर्माण व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन् । निर्माण व्यवसायीहरुले गत वर्ष गरिसकेको कामको ५० अर्ब भुक्तानी दिन बाँकी रहेको बताएका छन् । अध्यक्ष सिंहले अर्थमन्त्री डा. महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताए ।

‘यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा अर्थमन्त्रीले बिर्सनुहुन्न । यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो । ४ खर्बको योजनाहरु एक वर्ष म्याद थप गर्दै गर्दा जसरी निर्माण कम्पनीले काम गर्ने कार्ययोजना बनाउँछ त्यसै गरेर काम गरेको भुक्तानीको सेड्युल बनाएर व्यवसायीहरुलाई विश्वस्त पार्नुपर्छं’, सिंहले भने ।

सरकार सबै क्षेत्रको अभिभावक हो भन्दै उनले सरकारकै कारण निर्माण उद्योग ध्वस्त हुन लागेकाले बचाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?