+
+

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १६:१७

२१ साउन, काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । कराँचीबाट एबोट्टावाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको रेल मन्त्री साद रफिकले बताए ।

लाहोरमा भएको पत्रकार सम्मेनलमा उनले दिएको जानकारी अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् । रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

घटनास्थलबाट आएका तस्वीर तथा भिडियोमा सयौंको संख्यामा मान्छेहरु दुर्घटनास्थलमा भेला भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?